Logo

विप्लव गाडीमार्फत काठमाडौं आईपुगे, भोलि राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री ओलीसँगै सम्बोधन गर्दै



काठमाडौं, २० फागुन । न्ेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौं आईपुगेका छन् । सरकारसँग तीन बुँदे सहमति भएको र आजै सरकारले प्रतिबन्ध फुकुवा गरेपछि विप्लव काठमाडौं आईपुगेका हुन् । भोलि दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सहमतिका बारेमा विस्तृत जानकारी दिन काठमाडौंको राष्टियसभा गृहमा विशेष समारोहको आयोजना गरिएको छ । त्यसको लागि विप्लव आजै साँझ काठमाडौं आईसकेको उनीनिकट स्रोतले जनाएको छ । यसअघि सरकारले विप्लवलाई काठमाडौं ल्याउन हेलिकप्टरको व्यवस्था गरेको समाचार आएको थियो । तर, विप्लवले आफू पार्टीले व्यवस्था गरेको गाडीमार्फत नै काठमाडौं आउने बताएअनुसार आज साँझ काठमाडौं आईसकेको बुझिएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्