Logo

कति छन् ‘विप्लव’ नेतृत्वको नेकपाका छुट्न बाँकी कार्यकर्ता?



काठमाडौं, फागुन २१ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १ सय ४१ जना नेता कार्यकर्ता छुट्न बाँकी देखिएको छ। जसमा उक्त पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओलीसहित १ सय २७ जना पुर्पक्षका लागि थुनामा छन्।

१४ जना भने अनुसन्धानकै क्रममा रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। विप्लव पक्षबाट एक शिक्षकसहित तीन र राज्य पक्षबाट विप्लवका एक कार्यकर्ता मारिएको प्रहरी तथ्यांक छ।

सरकारले विप्लव नेतृत्वको पार्टी र उसका गतिविधिमाथि प्रतिबन्ध लगाए (२०७५ फागुन १० गते) पछि २ हजार ९८ जना पक्राउ परेका थिए। विस्फोटक पदार्थ, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चन्दा असुली, आगजनी, हातहतियार खरखजनालगायत मुद्दामा उनीहरू पक्राउ परेका हुन्।

तीमध्ये २ हजार ८ जनाविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता गरिएको थियो। १ हजार ८ सय ७६ जना छुटिसकेका छन्। ९० जना भने सोधपुछकै क्रममा छुटेका थिए। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्