Logo

काँग्रेसले नेतृत्व पाए सरकारमा जाने निर्णय लिनसक्ने



काठमाडौं, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको बैठक आज अपरान्ह २ बजे बस्दैछ । आजको बैठक निकै महत्वपूर्ण हुनेछ ।

आजको बैठकमा काँग्रेसले नेतृत्व पाए सरकारमा जाने निर्णय लिनसक्ने बुझिएको छ । अहिले नेकपाको दाहाल नेपाल समूहले काँग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्वको प्रस्ताव गरेको छ । तर, काँग्रेसभित्र सरकारमा जान हुने र नहुने दुई पक्षधर देखिएको छ ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सरकारमा जान नहुने पक्षमा छन् । देउवा भने अवसर आए नभाग्ने भन्दै सरकारमा जान तयार देखिएका छन् ।

काँग्रेसको विधानमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्न सक्छन् । देउवा संसदीय दलको नेता छन् । उनको पक्षमा पार्टी संसदीय दलमा स्पष्ट बहुमत छ ।



प्रतिक्रिया दिनुहोस्