Logo

फरवार्ड माइक्रोफाइनान्सको साधारण सभा आज हुँदै



काठमाडौं, २१ फागुन । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आज ८ औं साधारण सभा बस्दैछ । माघ २५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले आज हुने सभाको लागि फागुन ५ गते बुक क्लोज गरेको थियो । सभाले शेयरधनीलाई ३१।५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । संचालक समितिको बैठकले २५ प्रतिशत बोनस र ६।५८ प्रतिशत कर समेत गरेर जम्मा ३१।५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।

फागुन ४ गतेसम्म कायम भएका शेयरधनीहरुले संस्थाको प्रस्तावित लाभांश प्राप्त गर्ने र सभामा उपस्थित हुन पाउनेछन् । ५० करोड ४ लाख रुपैयाँ हाल संस्थाको चुक्तापुँजी रहेको छ । प्रस्तावित गरेको कम्पनीको बोनसपछि सस्थाको चुक्तापुँजी ६२ करोड ५५ लाख रुपैयाँ पुग्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्