Logo

अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगा प्रहार



बुटवल, २१ फागुन । अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगा प्रहार भएको छ । रुपन्देहीको मोतिपुरमा बन्ने भनिएको औद्योगिक करिडोरको शिलान्यासमा पुगेका पौडेललाई लक्षित गरी ढुंगा प्रहार भएको हो ।

ढुंगा प्रहार भएपछि उक्त क्षेत्र तनावग्रस्त भएको छ । प्रहरीले कडा सुरक्षा दिएको छ । स्थानीय र प्रहरी दुवै घाइते भएका छन् ।
मोतिपुरका स्थानीयले आफूहरुको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै विरोध गर्दै आएका थिए । उनीहरुले हिजो नै मञ्च भत्काएका थिए ।

झण्डै एक हजार बिगाह क्षेत्रफलमा बनाउन लागिएको औद्योगिक क्षेत्रमा झण्डै ३ सय घर परिवार प्रभावित हुने बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्