Logo

प्रधानमन्त्री ओलीसँगै विप्लव सार्वजनिक (भिडियोसहित)



काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँगै राष्ट्रिय सभागृहमा सार्वजनिक भएका छन् । उनी ओलीसँगै सभागृहमा प्रवेश गरेका हुन् ।

नवलपरासीबाट आज विहान सार्वजनिक भएका विप्लव सिधै स्थलमार्गबाट काठमाडौं आएका थिए । उनलाई प्रहरीको सुरक्षामा काठमाडौं ल्याइएको थियो ।

विप्लव पार्टीका नेताहरुसँग छलफल गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवेश गरेका थिए । त्यहाँ ओलीसँग छलफल गरी उनी राष्ट्रिय सभा गृहमा आएका थिए ।



प्रतिक्रिया दिनुहोस्