Logo

सरकार र विप्लव समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर (भिडियोसहित)



काठमाडौं, २१ फागुन । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । आज अपरान्ह राष्ट्रियसभामा आयोजित समारोहमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी थिए । तीन बुँदे सम्झौतामा सरकार र नेकपा विप्लव समूहले हस्ताक्षर गरेका हुन् । विप्लव शान्तिपूर्ण राजनीतिक मूलधारमा आउनेसहित सहमति भएको उल्लेख छ ।

सरकार र नेपाल कम्युनिस्ट पार्टी वार्ता तथा सहमतिबाट अगाडि बढ्ने सहमति भएको, शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गर्न सहमत भएको छ, सरकारले प्रतिबन्ध फुकुवा गर्नुका साथै नेकपा विप्लव समूहका नेता कार्यकर्ताको मुद्दा फिर्ता गर्ने विषय सम्झौतामा उल्लेख छ ।

शान्ति सम्झौताका लागि लामो गृहकार्य भएको जानकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्री ओलीका परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराईले जानकारी गराएका थिए । उनले साउद भदौंमै सघन रुपमा कुराकानी भएको खुलासा गरे ।

देशको आन्तरिक घटनाक्रमले वार्तामा केही अवरोध आएको समेत भट्टराईले बताए । माघ महिनामा वार्ताले निकै गति लिएको र सार्थक निष्कर्षमा पुग्न सकिएको बताए ।



प्रतिक्रिया दिनुहोस्