Logo

सिंगटी हाइड्रोले आईपीओ निष्कासन गर्दै



काठमाडौं, २१ फागुन । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गर्ने भएको छ । कम्पनीले चैत्र ६ गतेबाट आयोजना प्रभावितहरु स्थानिय बासिन्दाहरुको लागि १४ लाख ५० हजार कित्ता शेयर बिक्रि गर्ने भएको हो ।

कम्पनीको अनुसार १ सय रुपैयाँ अंकित मुल्य भएको २९ लाख कित्ता शेयरमध्ये ५८ हजार कित्ता शेयर कित्ता सामुहिक लगानी कोषलाई छुट्टाएको छ भने बाँकी २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गर्ने भएको छ ।

उक्त आईपीओ खरिद गर्न चाहानेहरुले चैत्र ६ गतेदेखि चैत्र १० गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्युनतम १० कित्तादेखि २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्