Logo

भर्चुअल माध्यमबाट महालक्ष्मी बैंकको चैत्र १३ गते साधारण सभा हुने



काठमाडौं, २१ फागुन । महालक्ष्मी विकास बैंक लिमिटेडले १९ औं साधारण सभा बोलाएको छ । कम्पनीले चैत्र १३ गते रजिष्टर्ड कार्यालय, दरबारमार्गमा बिहान १० बजे भर्चुअल माध्यमबाट सभा गर्ने भएको हो ।

सभाले आर्थिक वर्षको मुनाफाबाट ९.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जानकारी दिएको छ । यसको साथै सभाले चैत्र ३ गते बुक क्लोज गर्नेभएको छ । चैत्र २ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्