Logo

विप्लवद्वारा घुमाउरो तरिकाले ‘जनमतसंग्रह’ को प्रस्ताव (भिडियोसहित)



काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सबै राजनीतिक शक्तिलाई जनताको बीचमा जाने गरी नयाँ प्रस्ताव गरेका छन् । उनले घुमाउरो तरिकाले जनमतसंग्रहको प्रस्ताव गरे ।

‘नेपालको भविष्यको बारेमा जनमत दिने फैसला दिने अधिकार जनताले पाउनुपर्छ,’ विप्लवले सरकारसँगको शान्ति सम्झौतापछि राष्ट्रिय सभागृहमा आज जनमतसंग्रहको घुमाउरो प्रस्ताव गर्दै भने,‘फैसलाको अधिकार जनतालाई दिनुपर्छ ।’

उनले नेपाली जनताले एकपटक अधिकारको प्रयोग गर्न पाउनुपर्ने बताए । उनले भने,‘के चाहन्छ जनताले ? जनताले अपनत्व ठानेर निर्णय गर्न खोज्दा नपाउने स्थिति छ ।’

विप्लवले प्रधानमन्त्री ओलीलाई किन भने ‘नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष’ ? (भिडियोसहित)

सरकार र विप्लव समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर (भिडियोसहित)



प्रतिक्रिया दिनुहोस्