Logo

कालिका लघुवित्तको १० प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं, २१ फागुन । कालिका लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई गत वर्षको नाफाबाट १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । संस्थाको फागुन २० गते सम्पन्न भएको संचालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्