Logo

राष्ट्र बैंकद्वारा डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांश स्वीकृत



काठमाडौं, २१ फागुन । नेपाल राष्ट्र बैंकले डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश स्वीकृत गरेको छ । कम्पनीको अघिल्लो आर्थिक वर्षको २० प्रतिशत लाभांश राष्ट्र बैकले स्वीकृत गरेको जनाएको छ ।

बैकले स्वीकृती गरेको लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनलिे प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकका अनुसार हाल कम्पनीको १ अर्ब रुपैयाँ चुक्तापुँजी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्