Logo

रु रु जलविद्युतको आईपीओमा आजसम्म आवेदन दिन सकिने



काठमाडौं, २१ फागुन । रु रु जलविद्युत परियोजना लिमिटेडले निष्कासन तथा बिक्रि खुल्ला गरेको आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ । परियोजनाले गुल्मी जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानियहरुको लागि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मुल्यका ४ लाख ७ हजार ७०५ कित्ता शेयर स्थानिय बासिन्दाका लागि साधारण शेयर खुल्ला गरेको हो । कम्पनीको अनुसार शेयरमा न्युनतम १० कित्तादेखि ४ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । परियोजनाको एनएमबि क्यापिटल शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्