Logo

ओलीले गरे विप्लवसँग एकताको संकेत (भिडियोसहित)



काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहसँग एकताको संकेत गरेका छन् । उनले आफ्नो दल र विप्लवको दल र त्रीशुली र सेती नदीसँग तुलना गर्दै एकताको संकेत गरे ।

‘त्रिशुली नदीमा सेती मिसिंदा फरह हुन्छन् पछि एउटै हुन्छन्,’ राष्ट्रिय सभागृहमा आज विप्लव समूहसँग शान्ति सम्झौतापछि ओलीले भने,‘हामी एकतावद्ध भएर सुखी नेपाली र समृद्ध नेपाल बनाउने हो ।’

ओलीले आफूहरुको उद्देश्य एउटै भएकाले असल मनशायका साथ अगाडि बढेकाले नजिकिदै जाने बताए । उनले भने,‘एकतावद्ध भएर सुखी नेपाली र समृद्ध नेपाल बनाउने हो ।’

ओलीले विप्लवको शान्तिपूर्ण राजनीतिक मूलधारमा आउनुलाई सेफ ल्यान्डिङ भने । उनले भने,‘ यो फोर्स ल्यान्डिङ होइन, क्रयास ल्यान्डिङ होइन सेफ ल्यान्डिङ हो ।’

प्रधानमन्त्री ओलीले भनेः यति छिट्टै जेलबाट छुट्न पाए पो आफू त १४ वर्ष परियो

विप्लवले प्रधानमन्त्री ओलीलाई किन भने ‘नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष’ ? (भिडियोसहित)

सरकार र विप्लव समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर (भिडियोसहित)

विप्लवद्वारा घुमाउरो तरिकाले ‘जनमतसंग्रह’ को प्रस्ताव (भिडियोसहित)



प्रतिक्रिया दिनुहोस्