Logo

‘आँधी तुफान २’ को छायांकन चैत्रबाट



काठमाडौं, २१ फागुन । १७ वर्ष अगाडी निर्माण भएको फिल्म ‘आँधी तुफान’को नयाँ सिक्वेल फिल्म निर्माण हुने भएको छ । ०६१ सालमा निर्देशक महेन्द्र बुढाथोकीले निर्देशन गरेको उक्त फिल्मका सबै कलाकारहरु परिर्वतन भएका छन् । १७ वर्ष पहिले बनेको फिल्ममा पुजना प्रधान, ऋचा घिमिरेको मुख्य भुमिका थियो । उक्त समयमा फिल्मलाई दर्शकले मन पराएका थिए ।

यस फिल्ममार्फत नयाँ कलाकारहरु आरती आचार्य, पुनम गौतम लगायतले नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दैछन् । फिल्मको स्क्रिप्ट लेखन तथा प्रस्तुतकर्ता मौनता श्रेष्ठ रहेको ‘आँधी तुफान २’ फिल्मलाई निर्देशन मदन घिमिरे गर्नेछन् भने नायकको रुपमा सञ्जय खतिवडा रहेका छन् । स्रोतको अनुसार फिल्ममा मुकुन्द थापा, धुव्र कोइराला, पुस्कर राउत र राजाराम गौतमले पनि अभिनय गर्नेछन् । नारी प्रधान सस्पेन्स थ्रिलर कथामा बन्ने यस फिल्मको छायांकन चैत्रबाट सुरु हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्