Logo

कांग्रेस संसदीय दलको बैठक जारी



काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकले यही फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनबारे छलफल भैरहेको बुझिएको छ ।

यसअघि हिजोमात्रै कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकमा तत्काल सरकारमा जाने वा नजाने भन्नेबारे नेताहरुबीच मत विभाजित छ । त्यही भएर सभापति शेरबहादुर देउवाले आज संसदीय दलको बैठक डाकेका हुन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्