Logo

प्रचण्ड दाहाल–नेपाल समूहको संसदीय दलको नेता चयन



काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई दलको नेता चयन गरेको छ। बरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो । यही फागुन २३ गते संसदको बैठक बस्दैछ ।

दलको नेतामा प्रचण्डको नाम माधव नेपालले प्रस्ताव गरेका थिए भने पम्फा भुसालले समर्थन गरेकी थिइन् । गत पुस ८ गते पनि दलको नेता चयन भएका थिए । तर, सर्वोच्च अदालतको फैसलाले पुस ५ पछिका सबै कार्यलाई शून्यअवधि मानेकाले वैधानिकताका लागि पुनः दलको नेता चयन गरिएको उक्त पक्षका नेताहरुले जनाएका छन् । Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्