Logo

फर्जी पोस्टर सार्वजनिक भएको भन्दै अभिनेता शेट्टीद्वारा मुद्दा दायर



एजेन्सी, २१ फागुन । बलिउड चर्चित अभिनेता सुनील शेट्टीले मुम्बईस्थित एक प्रोडक्सन हाउस विरुद्व मुद्दा दायर गरेका छन् । उनले उक्त कम्पनीमाथि फर्जी फिल्म पोस्टर सार्वजनिक गरेको आरोप लगाएका हुन् ।

अभिनेता शेट्टीले प्रोडक्सन हाउसमाथि आफ्नो अनुमति बिना फोटो प्रयोग गरेको र त्यसको बारेमा झुठो बोलेको आरोप लगाउदै वर्सोवा प्रहरी कार्यालयमा मुद्दा दायर गरेका हुन् ।
स्रोतको अनुसार प्रोडक्सन हाउसले सामाजिक सञ्जालमा फिल्मको एक फर्जी पोस्टर शेयर गरेको थियो ।

तर सुनील शेट्टीले भने उक्त कम्पनीसँग सम्बन्धित नभएको बताएका छन् । फिल्मको पुरै पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै विवाद आएको हो । शेट्टीले प्रोडक्सन हाउसले आफुलाई धोका दिएको आरोप लगाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्