Logo

एनसीबीले अदालतमा मुद्दा दायर गर्दै, मुख्य अभियुक्तको रुपमा रिया चक्रवर्ती



एजेन्सी, २१ फागुन । बलिउड कलाकार सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणको अनुसन्धानको क्रममा लागुऔधष कन्ट्रोल ब्युरोले आज १२ हजार भन्दा धेरै पेजको चार्जसिटसहित एनडीपीएस अदालतमा मुद्दा दायर गर्ने भएको छ । स्रोतको अनुसार उक्त चार्जसिटमा सुशान्तको प्रेमिका रिया चक्रवर्तीको नाम मुख्य अभियुक्तको रुपमा राखिएकोे छ ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्ती लागुऔषध प्रकरणमा मुछिएका थिए । उनीहरु केही दिन हिरासतमा राखिएको थियो पछि जमानतमा छुटेका थिए ।
सुशान्तको मुत्युको अनुसन्धानको क्रममा सामाजिक सञ्जाल ह्वाट्सएप च्याटको आधारमा रियाका भाई शोविक पनि लागुऔषधको मुद्दामा तानिएका थिए ।

स्रोतको अनुसार एनसीबीको निर्देशक समीर वानखेडे एनडीपीएस अदालतमा दाखिल गर्ने भएका छन् । एनसीबीको चार्जशीटमा ३३ जनाको नाम छ जसमा रिया चक्रवर्तीको नाम पनि छ । चार्जशीट १२ हजार पानाको छ । सिटमा केही लागुऔषध कारोबारी र अन्यका पनि नाम छन् । स्रोतः वेबदुनिया

 



प्रतिक्रिया दिनुहोस्

Screenshot