Logo

पर्यटन विकास हेटौडाका सव–इन्जिनियर रकमसहित अख्तियारको नियन्त्रणमा



काठमाडौं, २१ फागुन । पर्यटन विकास आयोजना वाग्मती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्र प्रसाद लामिछानेलाई ५० हजार रुपैयाँसहित अख्तियारले नियन्त्रणमा लिएको छ । लामिछानेले सेवाग्राहीसँग निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी अतिरिक्त रकम माग गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकमसहित पक्राउ गरेको थियो ।

अतिरिक्त रकम लिइसकेको अवस्थामा उनकोे कार्यालय परिसरबाट उक्त रकमसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्