Logo

साझ झगडा हुने घरमा लक्ष्मीको वास हुँदैन्, यस्ता छन् धन प्राप्ति गर्ने उपाय



लक्ष्मीलाई आठ अवतार मानिएको छ । महालक्ष्मी–जो बैकुण्ठमा निवास गछिन् । स्वर्गलक्ष्मी–जो स्वर्गमा निवास गर्छन् । राधा–गोलोकमा निवास गर्छिन् । दक्षिणा– यज्ञमा निवास गर्छिन् । गृहलक्ष्मी गुहमा निवास गर्छिन् । शोभा प्रत्येक वस्तुमा निवास गर्छिन् । सुरभि (रुक्मिणी) गोलोकमा र राजलक्ष्मी (सीता) पातालमा र भुलोकमा निवास गर्छिन् ।

अष्टलक्ष्मी मातालाई लक्ष्मीको आठ विशेष रुप भनिएको छ । जसमध्ये आदिलक्ष्मी, धनलक्ष्मी, धान्यलक्ष्मी, गजललक्ष्मी, सन्तानलक्ष्मी, वीरलक्ष्मी, विजयलक्ष्मी, विद्यालक्ष्मी रहेका छन् ।
धनलक्ष्मीः धनलक्ष्मी माताले आफ्नो भक्तको आर्थिक समस्याहरु र दरिद्रताको नाश गरेर धन सम्पत्तिले परिपुर्ण गरेर घरमा खुशी दिने गरिन्छ ।

धनलक्ष्मीको कृपा प्राप्ति गरेर व्यर्थको व्यय, ऋण र समस्त आर्थिक दुःखबाट मुक्ति दिन्छ । ग्रन्थ अनुसार भगवान विष्णुले एक पटक देवता कुबेरसँग धन सापटी लिएका थिए, जुन समयमा ऋण चुकाउन सकेका थिएनन् । तब लक्ष्मीले विष्णुको ऋण मुक्त गराएकी थिइन् । यसैले उनको नाम धनलक्ष्मी भएको हो ।

देवी लक्ष्मीको सम्बन्ध देवराज इन्द्रसँग थियो । इन्द्र देवता तथा स्वर्गका राजा हुन् । कुबेर देवताको रक्षाको लागि रक्षकको रुपमा बसेका थिए । देवी लक्ष्मीले नै इन्द्र तथा कुबेरलाई यस्तो प्रकारको भव्य राजसी सत्ता दिने गर्थिन् । देवी लक्ष्मी कमलवनमा निवास गर्थिन् र कमलमा बसेर हातमा कमल नै धारण गर्थिन् ।

धन प्राप्त गर्नका लागि धनलक्ष्मीलाई सन्ध्याको समयमा मन्दिरमा धुप बालेर आरती गर्नुपर्छ । यसो गर्दा माता लक्ष्मकिो कृपा दृष्टि हामीमाथि रहन्छ । साझको समयमा तुलसीको विरुवामा बत्ति बाल्नुपर्छ । साझको समयमा घरमा शान्ति राख्नुपर्छ । जसको घरमा साझ लडाइ वा अनावश्यक झगडा हुन्छ उक्त घरमा लक्ष्मीले वास गर्दिनन् । जसको घरमा धनलक्ष्मीको फोटोको एक साइडमा गणेशको फोटो र अर्को साइडमा सरस्वती माता तथा लक्ष्मीको फोटो राखेमा धन प्राप्तिको लागि धेरै शुभ हुन्छ । धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्