Logo

विप्लव समूह ओली सरकारमा जाने



काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह सरकारमा जाने भएको छ । आजै शान्ति सम्झौता गरेर शान्तिपूर्ण राजनीतिक मूलधारमा आएको विप्लव समूह सरकारमा जाने भएको हो ।

नेकपाको विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले ऋषि धमलासँग आज साँझ प्रसारण हुने प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा सरकारमा जाने सम्भावना बलियो रहेको बताएका हुन् । सरकारमा जाने सम्भावना छ ? भन्ने प्रश्नमा उनले भने,‘सम्भावना छ ।’

सरकारमा जानेबारे विप्लव समूहको प्रधानमन्त्री ओलीका विश्वासपात्रहरुसँग कुराकानी भएको बुझिएको छ । आज ओलीले पनि विप्लवसँग सरकारमा आउन प्रस्ताव गरेको विश्वस्त स्रोतले बताएको छ ।

सरकारमा विप्लव समूह गएमा प्रकाण्ड र धर्मेन्द्र बास्तोला जाने निश्चितप्रायः भएको बुझिएको छ । विप्लव भने सरकारमा जाने या नजाने निश्चित नभएको विश्वस्त स्रोतले बताएको छ ।

ओलीले गरे विप्लवसँग एकताको संकेत (भिडियोसहित)



प्रतिक्रिया दिनुहोस्

Screenshot