Logo

प्रधानमन्त्री ओलीलाई कांग्रेसको प्रश्न : राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोई ?



काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र विप्लवबीचको सहमतिमा हतियार बुझाउने बुँदा किन नराखिएको भन्दै प्रश्न उठाएको छ । सरकार र विप्लवबीच सहमति पत्रमा हस्ताक्षर भएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो प्रश्न उठाएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्–‘ प्रचण्ड आउँदा `खोलाले बगायो´ थोरै हतियार, विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ @PM_Nepal  ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ ! सहमतिलाई स्वागत l ०२८ मा केपि-सिपि,०५२ मा प्रचण्ड-बाबुराम,अहिले विप्लव-प्रकाण्ड l `रेड बुक´, नाम र काम उस्तै,परिणाम उस्तै ! नेपालको पुरै कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न- कम्युनिस्ट दर्शनका नाममा कोहि नेपाली अब मारिने छैनन्,साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ?”



प्रतिक्रिया दिनुहोस्