Logo

दाहाल-नेपाल समूह फेरि निर्वाचन आयोगमा, दल विवाद निरुपणको लागि आग्रह



काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह फेरि निर्वाचन आयोग गएको छ । उनीहरुले तत्काल पार्टीको विवाद हल गर्न आयोगका पदाधिकारीलाई आग्रह गरेका छन् । उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले आयोगलाई लिखित पत्रसहित यस्तो आग्रह गरेका छन् ।

अध्यक्षको हस्ताक्षरसहितको पत्र बोकेर नेताहरु राजेन्द्र पाण्डे र लिलामणि पोखरेल आज अपरान्ह दलको कार्यालय कान्तिपथ पुगेका थिए । आफूहरुले दलसम्बन्धी विवाद तत्काल निरुपण गर्नुपर्ने र यसको लागि प्रक्रिया सुरु गर्न भनेर निवेदन दिएको पाण्डेले जानकारी गराएका छ्न् । आजमात्रै दाहाल–नेपाल समूहको संसदीय दलको बैठक बसेको थियो । आजको बैठकले दलको नेतामा प्रचण्डलाई चयन गरेको छ । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot