Logo

वामदेव फकाउँदै प्रधानमन्त्री ओली, विश्वासिला नेताहरुसहित भैंसेपाटी पुगे



काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक रुपमा वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित, नेताहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, राजन भट्टराईलाई लिएर गौतमलाई भेट्न उनको निवास पुगेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले भने नेता गौतमको स्वास्थ्य अवस्था बुझ्न उनको निवास गएको जनाएको छ ।

ओलीले बामदेवलाई भैंसेपाटी पुगेर किन भेटे ?

आजमात्रै दाहाल नेपाल समूहका बहुमत सांसदहरुले दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरेका छन्। र, उनीहरुले निर्वाचन आयोगलाई समेत दल विवाद समाधानमा तत्काल समाधान दिन आग्रह गरेका छन् । यही सेरोफेरोमा प्रधानमन्त्री ओलीले आज एकता अभियान चलाएका नेता गौतमलाई भेटेका हुन् ।



प्रतिक्रिया दिनुहोस्