Logo

मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने



काठमाडौं, फागुन २१। बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट आजबाट पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने भएको छ । हाल परीक्षणका लागि सुरुङमा पठाइएको पानी आज अपरान्हसम्म सुन्दरीजलमा आइपुग्ने अनुमान रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोको अवलोकन गर्ने कार्यक्रम रहेका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले बताएका छन् ।
खत्रीका अनुसार आजसम्म पानी १९ किलोमिटरको दुरीमा पानी आइपुगेको र अब एक किलोमिटर जति असजिलो भाग रहेको र त्यसपछि बाँकी भाग ओरालो भएकाले आज पानी सुन्दरीजल आइपुग्ने जनाईएको छ ।

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्