Logo

सरकार र विप्लव बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस्: भिम रावल



काठमाडौं, फागुन २२ । सरकार र विप्लव नेकपाबीच भएको सहमतिप्रति प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य रहेको जनाएका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै रावलले सरकार र विप्लव बीको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस् भन्ने चाहाना उल्लेख गरेका छन् ।

‘नेकपा (विप्लव) शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य रहेको जनाउँदै उनले सरकार र नेकपा (विप्लव) बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस्। शान्ति प्रक्रियाको एक हिस्सा बनेर दिगो होस्। यसमा योगदान गर्ने सबैलाई धन्यवाद रहेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्