Logo

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु



कैलाली, फागुन २२ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।जिल्लाको गोदावरी नगरपालिकाको वडा नम्बर १ मा शुक्रबार राति से ३ प ३१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार मृत्यु हुनेमा धनगढी उप–महानगरपालिका वडा नम्बर ५ जाईका आन्दाजी २२ वर्षीय जगत चौधरी रहेका छन्।

अत्तरियाबाट धनगढी आउने क्रममा भएको दुर्घटनामा परेका चौधरीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।



प्रतिक्रिया दिनुहोस्