Logo

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु



कञ्चनपुर, फागुन २२ । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय लालबहादुर चौधरीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।

शुक्रबार साँझ कञ्चनपुरको कृष्णपुरदेखि अत्तरियातर्फ आउदै गरेको से७प १४०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीको शनिबार विहान उपचारकै क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

मोटरसाइकल चालक धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का मदन राना प्रहरी नियन्त्रणमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्