Logo

मेस्सीलाई ’प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान



एजेन्सी, २२ फागुन । बार्सिलोनाका कप्तान लियोनल मेस्सी स्पेनिस ला लिगामा फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।

ला लिगाले मेस्सीलाई ’प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान गरेको छ । मेस्सीले फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बन्दै ’प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका हुन् ।

३३ वर्षीय मेस्सीले फेब्रुअरीमा ५ खेलमा ७ गोल गरेका थिए । मेस्सी ला लिगामा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् । उनले १९ गोल गरिसकेका छन् ।

ला लिगामा बार्सिलोना दोस्रो स्थानमा रहेको छ । बार्सिलोनाले २५ खेलमा ५३ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ५८ अंक रहेको छ ।-एनआरएन/Photo: Agency



प्रतिक्रिया दिनुहोस्