Logo

देउवाले भने : मलाई प्रधानमन्त्री बन्ने लोभ छैन, यस्तामा लाग्नु पनि छैन्



काठमाडौं, २२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने लोभ लालचमा नरहेको भन्दै यस्तो खेलामा नलाग्ने स्पष्ट पारेका छन् । शनिबार आफ्नो निवासमा नेविसंघ नेता नैनसिंह महरले लेखेको किताब विमोचन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू प्रधानमन्त्री पदको पछि नलागेको जिकिर गरे ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउने हल्ला चलिरहेको बेला देउवाले यस्तो स्पष्ट पारेका हुन् । उनले भने,‘प्रमुख प्रतिपक्षी दलको नेता भनेको ’प्राइममिनिष्टर इन वटिङ’ हो, तर म त्यसमा पनि छैन हेर्नुस, मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन। यस्तामा लाग्नु पनि छैन।’



प्रतिक्रिया दिनुहोस्