Logo

समाजसेवी साउदद्धारा मुस्कानलाई सम्मान



काठमाडौं, २२ फागुन । अमेरिकी विदेश मन्त्रालयले दिने अवार्ड जितेकी मुस्कान खातुनलाई समाजसेवी तथा विश्व हिन्दू महासंघकी उपाध्यक्ष ज्योत्सना साउदले सम्मान गरेकी छिन् । आज आफ्नै निवासमा साउदले खातुनलाई सम्मान गरेको जनाएकी छिन् ।

१५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल वुमेन अफ करेज’ अवार्ड जितेकी हुन्। साउदले ट्वीट गर्दै मुस्कानलाई आफ्नै निवासमा सम्मान गर्न पाउँदा खुशी लागेको बताएकी छिन् । र, उनले मुस्कानलाई आगामी दिनमा पनि सफलता मिलोस भन्ने शुभकामना दिएकी छिन् ।

उनले लेखेकी छिन्-“#मुस्कानको_साहसिक_मुस्कान ! प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसिक महिला अवार्डबाट सम्मानित भएकी मुस्कानलाई अाफ्नै निवासमा सम्मान गर्न पाउँदा खुसी लागेको छ । मुस्कानको संघर्षको यात्रा सफल होस्, शुभकामना ।”



प्रतिक्रिया दिनुहोस्