Logo

देउवाले प्रधानमन्त्रीको दौड छाडेका हुन् ?



काठमाडौं, २२ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको दौडमा आफू नभएको बताएका छन् । उनले आज विहान आफ्नै निवास बुढानिलकण्ठमा नैनसिंह महरको पुस्तक महाकाण्डको विमोचन गर्दै दौडमा नभएको बताएपछि राजनीतिक तरंग आएको छ ।

यसअघि देउवाले काँग्रेसले सरकारको नेतृत्व पाएमा नभाग्ने बताएका थिए । उनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई सानो चित्तको भन्दै सरकारको नेतृत्व पाउने अवस्थालाई रोक्न खोजेको आरोप समेत लगाएका थिए ।

शुक्रबार साँझ संसदीय दलको बैठक डाकेर काँग्रेस सरकारमा जाने निर्णय लिनसक्ने अनुमान विपरित देउवा रोक्किए । उनले अब काँग्रेस प्रतिपक्षमै बस्ने संकेत गरेका छन् । यसले राजनीतिमा नयाँ घटना विकास गर्ने देखिएको छ ।

देउवा प्रधानमन्त्रीको रेसबाट बाहिर गएका हुन् भने अब नेकपा एक भएको अवस्थामा वा फुटेको अवस्थामा काँग्रेसको समर्थनबाट मात्र सरकार गठन हुन सक्छ । अन्यथा नेकपाको कुनै बलियो पक्षले जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउन सक्छ ।



प्रतिक्रिया दिनुहोस्