Logo

ओली पक्षको संसदीय दलको बैठक बालुवाटारमा, वामदेव नजाने



काठमाडौं, २२ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्दैछ । एक सांसदले दिएको जानकारीअनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्ने तय भएको छ । बैठकमा सहभागी हुन सबै सांसदलाई प्रमुख सचेतक विशाल भट्टराईले एस.एम.एस. मार्फत खबर पठाईसकेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरेपछि नेकपाको दुवै पक्ष आ आफ्नो रणनीतिमा जुटेका छन् । संसद्को बैठक भोलि अपरान्ह ४ बजे बस्दैछ । बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई समेत भेटेरै आग्रह गरेका छन् । तर, गौतमले भने तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी एकता जोगाउन आग्रह गरेका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्