Logo

इसायी धर्मगुरु पोपद्धारा इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयास



२२ फागुन : इसायी धर्मगुरु पोप फ्रान्सीसले सिट्टे मुस्लिम अगुवासँग सम्वन्ध सुधारको प्रयास गरेका छन् ।मुस्लिम धार्मिक नेता अयातोल्लाह अलि सिस्तानीसँग उनले शनिबार भेटेर सम्वन्ध सुधारका लागि हात फैलाउनु भएको हो । उनको यो प्रयास र भेटवार्तालाई आधुनिक धार्मिक इतिहासमै एउटा ऐतिहासिक घटनाका रुपमा लिइएको छ ।

इराकको भ्रमणमा रहनु भएका पोपले आफ्नो भ्रमणको दोस्रो दिनको बिहानै सिस्तानीलाई नाजाफमा रहेको उनकै निवासमा गएर भेटेका हुन् । पहिले नै हुने भनिएको भ्रमण कोरोनाभाइरसको महामारीका कारण पछाडि सरेको थियो । यो भ्रमण तथा भेटवार्ता बहुप्रतिक्षित थियो । सिस्तानीलाई भेट्न पोप नाजाफ विमानस्थलमा ओर्लिएका थिए । त्यहाँ उनलाई उच्च सतर्कताका साथ स्वागत गरिएको थियो ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्