Logo

यी हुन शंकर पोखरेलले देखेका प्रधानमन्त्री ओलीले गरेका कामहरु



काठमाडौं, २२ फागुन । नेकपा ओली पक्षका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका महत्वपूर्ण कामहरु सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत प्रधानमन्त्री ओलीले गरेकार दुरगामी महत्वका कामहरु बुँदागत रुपमा उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले गरेको महत्पूर्ण र दुरगामी महत्वको पहिलो काममा विश्वास गुमेको अवस्थामा संविधानसभाबाट नयाँ संविधानको निर्माण रहेको उनले उल्लेख गरेका छन् ।

फेशबुकमा उनले लेखेका छन् :

प्रम ओलीका यी कामहरु राष्ट्रको जीवनमा असाधारण र दुरगामी महत्वका छन्ः

विश्वास गुमेको अवस्थामा संविधानसभावाट नयाँ संविधानको निर्माण,
जातिय क्षेत्रिय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना,
भारतिय नाकावन्दीको सामना र सफलता,
चिनसंगको ऐतिहासिक पारवान संझौतावाट भविष्यमा नाकावन्दी नहुने परिस्थितिको निर्माण,
नेकपा(एमाले)को नेता भएपछि पार्टीको लोकपृयतामा वृद्धि,
सफल चुनावी गठवन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व,
भारत र चिनसंगको सम्वन्धलाई नयाँ आयाम दिने प्रयास,
अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना,
सन् १९५०को असमान सन्धीको पुनरावलोकनमा सैद्धान्तिक सहमती,
पूर्वधार विकासमा तिव्रता,
लोडसेडिङ अन्त्यका लागि योजनावद्ध पहल,
रणनीतिक विकास आयोजनाहरु(रेलमार्ग, जलमार्ग,हवाई यातायात, सुरुङमार्ग, सातवटा उत्तरदक्षिण करिडोर,चारवटा पूर्वपश्चिम राजमार्गको निर्माण र विस्तार, खानी अन्वेषण र उत्खननको तयारी आदी) को थालनी,
सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम,
विल्लव र सिके राउतसंगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व,
छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्विकारोक्तिको निर्माण,
तराई मधेसको विकासमा तिव्रता,
प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि,
सडक मानवरहीत अभियानको नेतृत्व,
स्वास्थ पुर्वाधार विकासमा क्रान्ति,
कृषिको आधुनिकीकरण र सिचाई सुविधाको विस्तार,
कोभिड १९ महामारीको सफलतापूर्वक सामना आदी ।
तर पनि यतिवेला उहाँ चौतर्फी घेरावन्दीमा हुनुहुन्छ । पार्टी एकता संकटग्रस्त बनेको छ । राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त वनाईदैछ । सबैपक्ष गंभीर र जिम्मेवार बनौ ।


प्रतिक्रिया दिनुहोस्