Logo

गृहमन्त्रीसँगको भेटलगत्तै विप्लव नख्खु कारागारमा



काठमाडौं, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नख्खु कारागारमा रहेका आफ्ना नेता हेमन्तप्रकाश वलीलाई भेटेका छन् । वलीलाई भेट्न महासचिव विप्लवसहित उक्त पार्टीका नेताहरु प्रकाण्ड र उदयबहादुर चलाउने आज नख्खु पुगेका हुन् ।

गृहमन्त्री बादललाई भेट्न मन्त्रीक्वार्टर जाँदै विप्लव

विप्लव र गृहमन्त्री बादलबीच एक घण्टा वार्ता

हिजोमात्रै सरकार र नेकपाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो । वलीलाई भेट्नुअघि विप्लवले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेका थिए । उनीहरुबीच मुद्दा फिर्ता र जेलमा रहेका नेता तथा कार्यकर्ताहरुलाई रिहाई गर्नेबारे कुराकानी भएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्