Logo

विप्लव अन्ततः मैले कोरेकै गोरेटोमा आईपुग्नुभएको छ, उहाँलाई बधाई : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, २२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेत्रविक्रम चन्द विप्लव आफूले कोरेको गोरेटोमा आएको भन्दै बधाई दिएका छन् । शनिबार पार्टी समायोजना तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले भने,”छिट्टै उहाँलाई यस्तै कार्यक्रममा स्वागत गर्न प्रतिक्षारत छु । जहाँसम्म मैले उहाँलाई चिनेको छु, अन्ततः उहाँ यही ठाउँमा, यही टिममा, आउनैपर्छ । यो कुरा मैले धेरै पहिले भनेको थिएँ । अर्को प्रचण्ड हुँदैन भनेर भनेको थिएँ । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो । त्यसकारण पनि म उहाँलाई धन्यवाद भन्न चाहन्छु ।” उनले नेकपा अहिलेको आधिकारिकता, वैधानिक पार्टी भएको जिकिर गरे ।

 



प्रतिक्रिया दिनुहोस्