Logo

केपी ओली कुहिएको अण्डा : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, २२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डाको संज्ञा दिएका छन् । शनिबार पार्टी समायोजना तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा दाहालले भने-“माओत्से तुङले बिग्रिएका कम्युनिष्टको बारेमा अण्डा स्वास्थ्यको लागि राम्रो हुन्छ, प्रोटिन हुन्छ, धेरै चिज प्राप्त हुन्छ, तर अण्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुँदैन् ।कम्युनिष्टहरु राम्रा हुन्छन्, तर बिग्रिन थाले र गन्हाउने थाले भने त्यो भन्दा नराम्रो कोही हुँदैन भन्दै केपी ओली त्यही कुहिएको अण्डा हो । त्यो कुहिएको अण्डा त खाईँदैन नि, त्यसलाई त डफ्काईन्छ ।”

फरक प्रसँगमा उनले नेत्रविक्रम चन्द विप्लव आफूले कोरेको गोरेटोमा आएको भन्दै बधाई दिएका छन् । शनिबार पार्टी समायोजना तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले भने,”छिट्टै उहाँलाई यस्तै कार्यक्रममा स्वागत गर्न प्रतिक्षारत छु । जहाँसम्म मैले उहाँलाई चिनेको छु, अन्ततः उहाँ यही ठाउँमा, यही टिममा, आउनैपर्छ । यो कुरा मैले धेरै पहिले भनेको थिएँ । अर्को प्रचण्ड हुँदैन भनेर भनेको थिएँ । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो । त्यसकारण पनि म उहाँलाई धन्यवाद भन्न चाहन्छु ।” उनले नेकपा अहिलेको आधिकारिकता, वैधानिक पार्टी भएको जिकिर गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot