Logo

ओली पक्षको संसदीय दलको बैठक सम्पन्न, ११५ सांसद उपस्थित् भएको भट्टराईको दाबी



काठमाडौं, २२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए । उनकाअनुसार संसदीय दलका नेता एवम प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउन निर्देशन दिएका थिए ।

भोलि संसद् बैठक बस्दैछ । भोलिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे ओलीले आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । हिजोमात्रै नेकपाको दाहाल नेपाल पक्षको संसदीय दलको बैठक बसेको थियो । उक्त पक्षले पनि हिजोको बैठकमा एक सय १५ जना संघीय सांसद उपस्थित् रहेको दाबी गरेको थियो । हिजोको बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको थियो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्