Logo

२३ वर्ष लगाएर आयोजना निर्माणपछि मेलम्ची पानी सुन्दरीजलमा



काठमाडौं, २२ फागुन । मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । फागुन १० गते सुरुङमा हालिएको पानी १२ दिनपछि सुन्दरीजल आइपुगेको हो ।

आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले टनेलको गेटको बटन थिचेपछि पानी सुन्दरीजलमा खसेको हो । बहुप्रतिक्षित मेलम्ची आयोजनाको पानी सुन्दरीजलमा खसेपछि अब घर घरमा पानी पुग्नेछ ।

शुरुको पानी फोहोर आउने भएकाले बागमती नदीमा खसालिएको छ । योसँगै बागमतीको बहाव समेत बढेको छ । पानी केही दिनमै वितरण हुने भएको छ ।

२३ वर्ष अघि २०५५ सालमा मेलम्ची खानेपानी आयोजना सुरु भएको थियो । निकै लामो समयपछि मेलम्ची खानेपानी काठमाडौं खस्नुले पानी खाने काठमाडौंवासीको सपना पूरा हुने भएको छ ।

मेलम्चीको पानी काठमाडौं आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लामो सपना पूरा भएको बताए । उनले कोशी ब्यारेज भएर जाने पानी अब काठमाडौं हुँदै बागमती प्रदेश र प्रदेश २ मा जाने बताए ।



प्रतिक्रिया दिनुहोस्