Logo

दार्चुलामा जीप दुर्घटना, ३ को मृत्यु ४ घाइते



काठमाडौं, २२ माघ । दार्चुलामा आज साँझ जीप दुर्घटना भएको छ । घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन् ।

मृत्यु हुनेहरुमा जीप चालक ३८ वर्षीय करन नाथ, ७० वर्षीया सुनादेवी पन्त र ४० वर्षीय पदमराज पन्त छन् । मृतक पदमराज पन्तका छोराहरु १२ वर्षीय मुकेश पन्त र ७ वर्षीय वसन्त पन्त घाइते भएका छन् । ७२ वर्षीय बुद्धिबल्लभ पन्त र ७० वर्षीया गंगादेवी पन्त पनि घाइते छन् । उनीहरुको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार साँझ शैल्यशिखर नगरपालिका ८ अमोलीबाट लेकम गाउँपालिका ४ रिठाचौपातातर्फ जाँदै गरेको जीप सडकबाट एक सय मिटर तल खसेको हो ।



प्रतिक्रिया दिनुहोस्