Logo

प्रधानमन्त्रीका लागि हतार गर्ने पक्षमा छैनः देउवा



काठमाडौं, फागुन २३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलोका कारण भावी प्रधानमन्त्रीका रुपमा चर्चा चलिरहेकै बेलामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका छन् ।

शनिबार आफ्नै निवासमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवाले प्रमुख प्रतिपक्षी दलका नेता जहिले पनि प्रधानमन्त्रीको दाबेदार हुने भए तापनि आफू अहिले प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका हुन्।

उनले नेकपाभित्रको आन्तरिक किचलोमा आफू फस्न नचाहेको बताउँदै भने– ‘उनीहरूको आन्तरिक कुरामा हामी पक्ष वा विपक्षमा उभिँदैनौं । संसद्मा उनीहरू कसरी प्रस्तुत हुन्छन्, हामी पनि सोहीअनुरुप निर्णय प्रक्रियामा पुग्नेछौं ।’

कांग्रेस अहिले नै हतार गर्ने पक्षमा नभएको जिकिर गर्दै देउवाले नेकपा दुवै समूहको गतिविधि हेरेपछि मात्रै निर्णय प्रक्रियामा पुग्ने बताएको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्