प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप


काठमाडौं, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। उनले आज बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर खोप लगाएका हुन्।

सरकारले आजदेखि ६५ वर्ष उमेर पुगेका नागरिकलाई खोप लगाइरहेको छ।