Logo

कोरोना भाइरसविरुद्ध खोपको ३ लाख ४८ हजार डोज आज नेपाल आउँदै



काठमाडौं, २३ फागुन । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको ३ लाख ४८ हजार डोज आज नेपाल आइपुग्दै छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार बिहान सवा ११ बजे भारतबाट काठमाडौं आईपुग्ने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने जानकारी दिए । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो । चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने मन्त्रालयले जनाएको छ ।

सरकारले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख खोप ल्याउने तयारी गरेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र नेपालले मात्र खोप पाउने भएका छन् ।

मन्त्रालयका अनुसार भारतको सेरम इन्स्टिच्युट कम्पनीसँग खरीद गरेको खोप पनि एक हप्ताभित्र नेपाल आईपुग्नेछ । आजदेखि शुरु हुने खोप १५ हिमाली जिल्लाका ५५ वर्षभन्दा माथि र बाँकी अन्य जिल्लाका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइने भएको छ ।

करीब ६ हजार खोप केन्द्रबाट प्रत्येक दिन दुई लाखका दरले खोप प्रदान गरिने मन्त्रालयले जनाएको छ । असार १५ गतेसम्म ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पहिलो र दोस्रो मात्राको खोप लगाइसक्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले आजदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालेको हो । २० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिँदैछ ।

कोरोना भाइरसले आक्रमण नगर्ने भएकाले सबैलाई खोप लगाउन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत चार लाख २९ हजारले खोप लगाएका थिए । पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालन भएको थियो ।

कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पुर्याउने प्रयास भइरहेको मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । उनले सबै जनतालाई खोप उपलब्धता जटिल भए पनि विभिन्न माध्यमबाट खोप खरीद गरी पु¥याउने प्रयास भइरहेको बताए । “सबै देशले आफ्ना जनतालाई खोप लगाउँदैछन् । खोपको माग र उत्पादन अवस्था हेर्दा नेपाली सबैलाई खोप पुर्याउने जटिल छ”, उनले भने, “तर हामीले विभिन्न माध्यमबाट खोप ल्याएर सबै जनतालाई पु¥याउने प्रयासमा छौँ ।”

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १।४ प्रतिशतलाई खोप प्रदान गरेको छ । मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए ।-दृष्टिबाट/Photo: Agency



प्रतिक्रिया दिनुहोस्