Logo

दाहाल–नेपालले सभामुखसँग परामर्श गरे



काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेताहरुले सभामुख अग्नि प्रसाद सापकोटासँग परामर्श गरेका छन् । संसद बैठक बस्नुभन्दा अघि उनीहरुले आज सभामुखको कार्यकक्षमा परामर्श गर्न पुगेका थिए ।

सभामुख सापकोटासँगको परामर्शमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपाल, तथा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव प्रसाद गुरुङ र सुरेन्द्र पाण्डे सहभागी थिए । संसद्को बैठक आज अपरान्ह ४ बजे बस्दैछ । सभामुखले नेकपाको संसदीय दलको नेता कसलाई मान्यता दिने हो ? भन्ने अन्यौल छ । दाहाल–नेपाल समूहले दलको नेतामा प्रचण्डलाई चयन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्