Logo

प्रधानमन्त्री दम्पत्तिले लगाए कोभिड विरुद्धको दोस्रो चरणको खोप



काठमाडौं, २३ फागुन । प्रधानमनत्री केपी शर्मा ओली र प्रधानमन्त्री पत्नी राधिका शाक्यले कोभिडको दोस्रो चरणको खोप लगाएका छन् । उनीहरुले आज त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगेर खोप लगाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएअनुसार प्रधानमन्त्री ओलीले खोप लगाएपछि सबैलाई यस अभियानमा सहभागी हुनपनि आह्वान गरेका छन् ।

थापाले लेखेका छन्–”प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको खोप अभियानको आज त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा खोप लगाएर शुभारम्भ गर्नुभएको छ ।
उहाँले सबैलाई यस अभियानमा सहभागी हुन आह्वान पनि गर्नुभयो ।”



प्रतिक्रिया दिनुहोस्