Logo

प्रधानमन्त्रीको विरूद्धमा अविश्वासको प्रस्ताव ल्याउनु हामीलाई दुःख लाग्ने विषय हो : शर्मा



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता तथा राष्ट्रियसभाका लागि नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले आफूहरुको पक्षमा केन्द्रीय समितिमा बहुमत भएकोले नेकपाको संस्थापन नै यही भएको सुनाएका छन् । उनले भने,‘संसद्मा बहुमत छ । मन्त्री प्रधानमन्त्रीहरू हेरफेर गर्ने, त्यो लोकतन्त्रमा स्वभाविक प्रक्रिया हो । त्यसो भएको हुनाले हामी संस्थापन नै हुन्छौँ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा आफूहरुलाई दुःख लाग्ने पनि चिन्ता व्यक्त गरेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले यस्तो बताएका हुन् । प्रस्तुत छ शर्मासँगको कुराकानीको सम्पादित अंश :

तपार्इँ राष्ट्रियसभामा सत्तारुढ दलको नेता हो कि ? विपक्षी दलको नेता हो ?

म सत्तारूढ दलको नेता हो ।

तपाँईँ कसरी सत्तापक्षको नेता हो ? हिजो प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेमा हस्ताक्षर गर्नुभएको छ ?
केन्द्रीय समितिमा बहुमत छ । संस्थापन त्यही हुन्छ । संसद्मा बहुमत छ । मन्त्री प्रधानमनत्रीहरू हेरफेर गर्ने, त्यो लोकतन्त्रमा स्वभाविक प्रक्रिया हो । त्यसो भएको हुनाले हामी संस्थापननै हुन्छौँ ।

त्यसो भए निर्वाचन आयोगले तपाईँहरूलाई नै आधिकारिकता दिन्छ त ?

निर्वाचन आयोगले दुनियाँमा त्यस्तो कुरा हँुदैहँुदैन् । आकाशै खस्यो भने भन्ने कुरा हान्छ । त्यो संवैधानिक संस्था हो । विवेक छ । बहुमत देखेको छ उसको आँखाले, त्यसकारणले जोसंग बहुमत हुन्छ । दुनियाँको लोकतन्त्र भनेको अल्पमत÷बहुमतको अधिनस्त हुन्छ भन्ने कुरा लोकतन्त्र हो । जनवादी केन्द्रीयता भनेको पनि त्यही सिद्धान्तमा आधारित हुन्छ । त्यसैकारणले लोकतन्त्रको मान्यताविपरित हाम्रा कुनैपनि संवैधानिक संस्था जाँदैनन् । अदालत गएन । निर्वाचन आयोग पनि जाँदैन भन्ने मलाई पुर्ण विस्वास छ ।

तपाँईहरुले अविश्वासको प्रस्ताव को–को संग मिलेर ल्याउदै हुनुहुन्छ ?

पहिलो कुरा त सबै राजनीतिक दलहरू जो परिवर्तन चाहान्छन्, लोकतन्त्रको लागि योगदान गरे । समावेशी समानुपातिक सिद्धान्तको संस्थागत विकास गर्नको लागि जतिले रगत बगाए ती परिवर्तनकारी सबै साथिहरूसंग मिलेर जाने अहिले लोकतन्त्र बिग्रिनुको समस्या भनेको निषेधको राजनीतिले गर्दाखेरि यो तरङ् आयो । किनभने पार्टीभित्रै एक पक्षले अर्को पक्षलाई निषेध गरेर जाने अलोकतान्त्रिक अधिनायकवादी सोच हो । त्यसकारण अहिलेको २१आंै शताब्दीमा दुनियाँमा कहीँपनि यसप्रकारको अधिनायकवादी सोचले स्थान पाउन सक्दैन् । स्थान दिनपनि हुँदैन् । त्यसकारण परिवर्तनको लागि प्रतिगामी सोच राख्ने सम्पुर्ण राजनीतिक दलहरूसंग सहकार्य गरेर जानुनै राम्रो हो । फेरि मैले पहिलेदेखि नै भन्दै आएको छु–दुनियाँमा सबैभन्दा अहिलेको कल्चर भनेको ‘कोलिसन–कल्चर’ हो । मैले अध्ययन गरेको छु–डेनमार्कमा लोकतन्त्र संस्थागत हुँदैछ । त्यहाँको विकास सबैभन्दा राम्रो छ । संसारमा सवैभन्दा भ्रष्टाचार नहुने देश पनि डेनमार्क नै हो । त्यसो गर्दा कोलिशसन कल्चर सवैभन्दा राम्रो हो । हाम्रो पनि कोलिसन कल्चरतिर नै गैसकेको छ ।

यहाँहरुले प्रचण्डलाई संसदीय दलको नेता कसरी बनाउनुभयो ?

बहुमतले निर्णय गर्ने हो । संसदीय दलमा बहुमत छ, बहुमतले गर्छ ।

तापाईँहरुसंग कति जना सांसद हुनुहुन्छ ? ठ्याक्कै बताईदिनुहोस त ?

हिजो हाम्रो बैठकमानै पार्टीको अध्यक्षले एक सय १५ जना हामीसंग छन भनेर भन्नुभएको छ ।

त्यसोभए बहुमत छ तपाईँहरूसंग ?

बहुमत छ ।

सरकार बनाउनकोलागि नेपाली काँग्रेसलाई किन प्रस्ताव गर्नुभयो त ?

पहिला भन्ने चुनावमा जाउँ, चुनावमा जाँदा पहिले हाम्रो सरकार हुन्छ । तपाईँलाई प्रधानमन्त्री बनाउँला भनेर भन्ने शेरवहादुर देउवालाई यतातिर त अहिले सल्लाह हँुदैछ । अहिले यसलाई वा उसलाई भन्नु भन्दापनि त्यो एउटा प्रचारबाजी हो । किनभने अहिलेत प्रचारबाजी, गालीगलौच यस्तो किसिमको नकारात्मक कल्चरको विकास भएको छ । जनताले विश्वास पनि गरेका छैनन् । सामाजिक सञ्जालमा तपाईँले देख्नुभएको छ । नेताहरूले नमिठो÷नमिठो भाषा प्रयोग गर्ने त्यसले सबैलाई नमिठो भइरहेको छ । तरपनि मैले के भनें सबैलाई मिलाएर, सबै मिलेर जानुपर्छ । पार्टीलाई एकतावद्ध बनाउने विधि भनेको नै अब अहिले अदालतले पनि जुन हालको निर्णयलाई अस्विकार गर्यो । त्यो बेलामा आफुले राजीनामा दिएर पार्टी एक बनाएर अगाडि जाने वातावरण बनाएको भए राम्रो हुन्थ्यो । उहाँको विरूद्धमा अविश्वासको प्रस्ताव ल्याउनु हामीलाई दुःख लाग्ने विषय हो । आफनै पार्टीको प्रधानमन्त्रीलाई हटाउनु हामीलाई पनि त्यति राम्रो लागेको छैन । तर पनि समस्या छ, उहाँ आफँैले बाध्यता सिर्जना गरिदिनुभयो ।

प्रधानमन्त्रीको भनाई छ–अरूलाई प्रधानमनत्री पद खाईदेउ भन्दै प्रचण्ड र माधवकुमार नेपाल किन हिँड्छन ? म त कसैलाई पनि अफर गर्ने पक्षमा छैन भन्नुभएको छ उहाँले ?

यो परिस्थिति उत्पन्न गरेको देख्दा मलाई दुःख लागेको छ । स्वयम आलीले नै हो यो परिस्थिति सिर्जना गरेको । यो जुनखालको परिघटना भैराखेको छ । यदि पाँच बर्षको लागि तपाइँ नै प्रधानमन्त्री खानुहोस भनेर सम्पुर्ण स्थायी समितिको बैठकले भनेको थियो । पार्टीलाई मिलाएर लिएर जानुहोस, संगठनको काम गर्न यतातिर दिनुहोस सबै सार्थीहरूलाई मिलाएर निषेध गरेर होईन, सहमति कायम गरेर पार्टीको निर्णय पालना गरेर जानुहोस् भनिएको थियो । तर, सबैभन्दा ठुलो समस्या उहाँले पार्टीको निर्णय मान्दिनँ भन्ने कुराले नै यो संकट उत्पन्न भएको हो ।



प्रतिक्रिया दिनुहोस्