Logo

संसदमा को कुन लहरमा



काठमाडौं, २३ फागुन । प्रतिनिधि सभा ब्युँतिएपछि पहिलोपटक बस्न लागेको बैठकमा को कुन लहरमा बस्ने भन्ने चासोको विषय बनेको छ । वैधानिक रुपमा नेपाल कम्युनिस्ट पार्टी विभाजित नभएकाले सत्तापक्षको लहरमा नेकपाका १७३ सांसद बस्नेछन् ।

सभामुख अग्निप्रसाद सापकोटा सहित नेकपाका १७४ सांसद छन् । नेकपाका सबै सांसद एउटै लहरमा बस्ने हो भने संसदीय दलको नेताको सिटमा प्रधानमन्त्री केपी शर्मा ओली या पुष्पकमल दाहाल प्रचण्ड को बस्ने ? यो चासोको विषय बनेको छ ।

वैधानिक रुपमा ओली नै संसदीय दलको नेता हुन् । त्यही पदले उनी प्रधानमन्त्री बनेका हुन् । तर, दाहाल नेपाल पक्षले प्रचण्डलाई संसदीय दलमा चयन गरिसकेका छन् ।

संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ छन् । तर, दाहाल नेपाल समूहले नेम्वाङलाई कारबाही गरिसकेको छ ।

ओली समूहले विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएको छ । सचेतकमा शान्ता चौधरी छिन् । तर, दाहाल-नेपाल समूहले दुवैलाई कारबाही गरिसकेको छ । दाहाल नेपाल समूहले देव गुरुङलाई प्रमुख सचेतक कायमै राखेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका ६३ जना सांसद छन् । काँग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा छन् ।

जनता समाजवादी पार्टीमा संसदीय दलको नेतामा राजेन्द्र महतो छन् । उक्त दलमा प्रतिनिधि सभामा ३४ सिट रहेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्