Logo

‘संसद्मा के फेश गर्नुछ र ?, संसद् सामान्य ढंगले चल्छ’ : प्रधानमन्त्री ओली



काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठक सामान्य ढंगले चल्ने टिप्पणी गरेका छन् । कोभिड–१९ विरूद्धको दोस्रो चरणको खोप अभियान सुरु गरेपछि मिडियाकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले आजको संसद् बैठक सामान्य ढंगले चल्ने विश्वास दिलाएका हुन् ।

उनले भने,‘संसद्मा के फेश गर्नुछ र ? संसदमा केही फेश गर्नु छैन् । संसद सामान्य ढंगले चल्छ । मैले कोभिडको भ्याक्सिन लगाएँ । अहिलेसम्म त्यस्तो साईड ईफेक्ट केही पनि देखिएको छैन् । हुँदैन भन्ने लाग्या छ । म सबैलाई आग्रह गर्न चाहन्छु–कोभिड–१९ विरुद्धको हाम्रो लडाईँ, अब खोपमार्फत हुने चरणमा पुगेकोछ । सबैले खोप लगाएर कोभिडलाई पराजित गर्ने हाम्रोृ अभियानलाई सफल पारौं भन्ने म आग्रह गर्न चाहन्छु । यसबाट आत्तिनुपर्ने केही पनि छैन् । तर, यो सुरक्षित छ । ढुक्कले भ्याक्सिन लगाउनुभए हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्